धनगढीमा आगलागी, अस्पतालसहित ८ पसलमा क्षति

धनगढी | मंसिर २, २०८०

धनगढीमा आगलागी, अस्पतालसहित ८ पसलमा क्षति

धनगढी:  धनगढीमा आगलागी हुँदा एक अस्पतालसहित ८ वटा पसलमा क्षति भएको छ ।

 

शुक्रबार राती १ बजे धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो ।

 

भण्डारी पसलसंगै जोडिएका अन्य ७ पसलमा पनि आगलागी भएको छ। आगलागीबाट सारथी अस्पतालमा पनि क्षति भएको छ।

 

आगलागी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमाण्डमा ४० जना प्रहरीको टोली घटना स्थलमा पुगेको थियो ।

 

त्यस्तै नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली पनि घटनास्थलमा पुगेको थियो।

 

आगो निभाउन धनगढी–उपमहानगरपालिकाको २, गोदावरी नगरपालिकाको १ र कञ्चनपुरको पुनर्वास नगरपालिकाको १ गरी ४ वटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदिप चन्दले जानकारी दिए।

 

त्यस्तै  मधुमाला देवी सप, सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ सेन्टर, न्यु सदिक्षा इन्टरप्राईजेज र भण्डारी सु –सेन्टर ट्रेडर्स एण्ड सप्लायर्समा पनि आगालागीबाट क्षति भएको प्रहरीले जनाएको छ। 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्